अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई कोरोना संक्रमण

हेल्थपाेष्ट/काठमाडाैं
प्रकाशित
२०७७ असोज १६ गते ११:३२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई कोरोना संक्रमण भएको छ। ट्रम्प र उनकी पत्नी तथा अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।

यससँगै आफू क्वारेन्टाइनमा बस्ने र आफूहरू छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन्। यसअघि ट्रम्पका वरिष्ठ सल्लाहकारमध्येकी एक होप हिक्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसपछि ट्रम्प र मेलानियाको पनि कोरोना परीक्षण गरिएको थियो । परीक्षणको क्रममा उनीहरूलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो।

ट्रम्पकी सल्लाहकार हिक्सलाई पनि कोरोनाका केही लक्षण देखिएको छ। ट्रम्पले अनवरत रूपमा हिक्ससले कडा परिश्रम गरेको भन्दै प्रशंसा पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय