सरकारी चिकित्सकको भत्ता ५ सय प्रतिशतले बढाउन संघको माग, नभए आन्दोलनमा उत्रिने

सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले चिकित्सकहरूको भत्ता ५ सय प्रतिशतले वृद्दि गर्नको लागि माग गरेका छन्।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै संघले चिकित्सक भत्ता स्वरूप ५०० प्रतिशत को वृद्धि, वृत्ति विकास र सामाजिक सुरक्षाका विषय स्वास्थ्य मन्त्रालयको प्रस्ताव बमोजिम यथाशीघ्र लागू गर्न सरकारलाई आग्रह गरेका हो।

त्यसैगरी, कोरोनाबाट मृत्यु भएका डा. हरि सापकोटालाई सहिद घोषणा गरी उहाँको परिवारलाई तत्काल एक करोडको राहतको व्यवस्था समेत माग राखेको छ।

संघले १९ औं आमरण अनसनमा रहेका प्रा. डा. गोविन्द केसीका मागहरूलाई यथाशीघ्र सम्बोधन सरकारलाई अनुरोध गरेको छ।

‘जायज मागहरू राखेर १९औँ पटक सम्म डा. गोविन्द केसी अनशन बसिरहेका छन, र उनलाई सुन्ने कोही राज्य संयन्त्र देखिएको छैन, विज्ञप्तीमा भनिएको छ,‘ संघ देहायका मागहरू सरकार समक्ष राख्दै माग पुरा नभए आन्दोलित हुने घोषणा समेत गर्दछौँ।’

संघले उठाएका मागहरू
१. स्व. प्रा. डा. हरि सापकोटालाई सहिद घोषणा गरि वहाँको परिवारलाई सहिद—परिवार सरहको सुविधा तथा तत्कालका लागि एक करोड राहत रकम उपलब्ध गराउने ।

२. आदरणीय प्रा. डा. गोविन्द केसीका मागहरूलाई यथाशीघ्र सम्बोधन गर्ने र वहाँको जीवन रक्षा हेतु अव उपरान्त अनशन नै बस्न नपर्ने वातावरण निर्माण गर्ने ।

३ चिकित्सक लगायत स्वास्थ्यकर्मीहरू र अग्रपंक्तीमा खट्ने सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी आदिलाई तत्काल यथेष्ट मात्रामा गुणस्तरीय मास्क, फेस—सिल्ड, सेनिटाइजर लगायत एएभ् उपलब्ध गराउने ।

४. घोषणा गरेको सात महिना र रकम निकासा भएको समाचार सुनिएको तीन महिना भइसक्दा समेत चिकित्सक लगायत स्वास्थ्यकर्मीहरूले नपाएको कोभीड प्रोत्साहन भत्ता तत्काल कर्मचारीलाई सहजै उपलब्ध गराउने।

५. पटक—पटकको लकडाउनलाई समाधान नभई युद्दस्तरको तयारीको अवसरका रूपमा लिई अघि बढ्ने।

६. चिकित्सक भत्ता स्वरूप ५०० प्रतिशत को वृद्धि, वृत्ति विकास र सामाजिक सुरक्षाका विषय स्वास्थ्य मन्त्रालयको प्रस्ताव बमोजिम यथाशीघ्र लागू गर्ने ।

७. राष्ट्रलाई आवश्यक रहेको चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको स्थायी पदपूर्ति तत्काल लोकसेवा मार्फत यथेष्ट मात्रामा द्रुत प्रक्रियाबाट गर्ने ।

८. लकडाउनले हतोत्साहित भएका दैनिक श्रमजीवी, निम्न तथा निम्न मध्यम वर्गका नागरिकहरूलाई विशेष आर्थिक सहयोगको प्याकेज ल्याउने ।

बोधार्थ – श्री निजामती कर्मचारी संघरसंगठन, काठमाडौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय