नारायणी प्रयोगशालामा आज ३३ जनामा कोरोनाको संक्रमण पुष्टि

नारायणी प्रयोगशालामा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहिबार राति गरिएको पिसीआर परीक्षणमा ९ जना महिला र २४ जना पुरूष गरी ३३ जनामा संक्रमण देखिएको हो।

थपिएका संक्रमितहरू पर्सा, बारा, सर्लाहीका रहेका छन्। त्यसमा सबैभन्दा धेरै पर्साका बासिन्दा रहेका छन्।

विभिन्न स्थानबाट संकलन गरिएको स्वाबका नमुनाहरूलाई परीक्षण गर्दा १४ वर्षीय बालकदेखि ७० वर्षीय वृद्धसम्म रहेका थप ३३ जनामा संक्रमण पाइएको हो।

बिहीबार राति २ सय २ जनाको स्वाब परीक्षण गर्दा ३३ जनामा संक्रमण पाइएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए।

उनका अनुसार संक्रममितमध्ये पर्साका २३ जना, बाराका ९ जना, सर्लाहीका एकजना रहेका छन्। पर्साको कालिकामाई गाउँपालिका वडा १ मा ७ जना, वडा १ र २ का २-२ जना र वडा ३ र ४ मा एक-एक जना संक्रमण पुष्टि भएको छ।

सखुवाप्रसैनी गाउँपालिका वडा नम्बर १ मा ३ जना थपिएको छ भने धोबिनी गाउँपालिका वडा १ मा एक जना रहेका छन्। वीरगन्ज महानगरपालिका वडा २ ,८ र ११ मा एक-एक जनामा संक्रमण देखिएको छ । ३ जना संक्रमित अन्य वडाका हुन्।

जिल्ला प्रहरी कार्यालय बारा कलैयामा २ जनामा संक्रमण थपिएको छ। कोल्भी नगरपालिका वडा ४ का एक जना ,पचरौता गाउँपालिका वडा १ मा एक जना , बारागढी गाउँपालिका वडा १ मा एक जना , सिम्रौनगढ नगरपालिका वडा ९ का एक जना , निजगढ नगरपालिका वडा ४ मा एक जना र महागढिमाई नगरपालिका वडा ९ का एक जनामा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय