डा. सापकोटाको निधनले चिकित्सा क्षेत्रमा अपूरणीय क्षतिः चिकित्सक संघ

कोरोना संक्रमणबाट मृत्यु भएका डा. हरिप्रसाद सापकोटाको निधनले चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको नेपाल चिकित्सक संघले जनाएको छ।

बिहीबार साँझ शोक वक्तव्य जारी गर्दै संघले उनको निधनप्रति दुःख व्यक्त गरेको छ।

अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको बिहीबार निधन भएको थियो। प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा. सापकोटा ५४ वर्षका थिए।

करिब तीन साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो। लामो समयदेखि सुगरको समस्यासँग जुधिरहेका डा. सापकोटा कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालमा उपचाररत थिए।

बिहीबार दिउँसो ३ बजेतिर उनको मृत्यु भएको भेरी अस्पतालले जनाएको छ।

चिकित्सक संघले संघका आजीवन सदस्य रहेका सापकोटाको निधनले चिकित्सा क्षेत्रमा अपूरणीय क्षति भएको जनाएको छ।

इमान्दार, लगनशील र मिहिनेती चिकित्सक सापकोटाको निधनले चिकित्सकहरू मर्माहित भएको जनाएको छ।

चिकित्सक संघले उनको सम्झनामा शुक्रबार साँझ ७ बजे संघमा आवद्ध सबै स्वास्थ्यकर्मीलाई आ-आफ्नो ठाउँमा मैनबत्ती बाल्न अनुरोध गरेको छ। यसअघि दुई जना स्वास्थ्यकर्मीले कोरोना संक्रमण ज्यान गुमाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय