निको भइसकेकी संक्रमितलाई पुनः संक्रमण

यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी जिल्लाकै पहिलो कोरोना संक्रमितमा कोरोना परीक्षण गर्दा पुनः संक्रमण पुष्टि भएको छ। नेपालगञ्जबाट हुम्ला पुगेकी सर्केगाड गाउँपालिका गोठी गाउँकी २१ वर्षीया युवतीमा दोस्रो पटक संक्रमण पुष्टि भएको हो।

४१ जनामा गरिएको परीक्षणमा एक जनामा कोरोना पोजेटिभ भएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए। ती युवतीको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ।

यस्तै एउटै जहाजमा आएका विद्युत् कार्यालयका दुई कर्मचारीमा कोरोना पुष्टि भएको छ। उनीहरुको पनि स्वास्थ्यावस्था सामान्य रहेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ।

कोरोना संक्रमित सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइएको छ। हुम्लामा तीन सक्रिय कोरोना संक्रमित छन्। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय