बिहीबार १९११ काेराेना संक्रमित थपिए, मृतकको संख्या पाँचसय नाघ्यो

बुधबारको तुलनामा बिहीबार कोरोना संक्रमितको संस्था ह्वात्तै बढेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार बिहीबार थप एक हजार ९११ जना नयाँ संक्रमित थपिएका छन्।

जबकि बुधबार देशभर संक्रमितको संख्या एक हजार पाँच सय ५९ रहेको थियो। चाडपर्वलाई लक्षित गरी बजार खुलाउँदै जाँदा दैनिक संक्रमितको संख्या बढ्दै गएको छ।

यस्तै, नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या पनि पाँच सय नाघेको छ। हालसम्म जम्मा देशभर संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको डा. गौतमले जानकारी दिए।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ५०९ पुगेको छ।  यस्तै, पछिल्लो २४ घण्टामा ९६१ जनाले कोरोना जितेका छन्।

योसहित हालसम्म कोरोनाबाट निको हुनेहरुको संख्या ५७ हजार ३८९ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ।

उपत्यकामा ९४३ जना थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ९४३ जना नयाँ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ८१७ जना रहेका छन्। भक्तपुरमा ५८ जना र ललितपुरमा ७८ जना नयाँ संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

बिहीबार देशभर आईसियूमा २२० जना बसेका छन् भने, भेन्टिलेटरमा २५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय