कोरोना संक्रमणबाट पहिलो पटक एक चिकित्सकको मृत्यु
नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट एक चिकित्सकको मृत्यु भएको छ।
अर्थोपेडिक सर्जन डा. हरी सापकोटाको संक्रमणबाट मृत्यु भएको सरकारी चिकित्सक संघका अध्यक्ष डा. रविन खड्काले जानकारी दिए।
डा. सापकोटा लामो समयदेखि सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत रहेका थिए।
५८ वर्षीय डा सापकोटा ११औं तहका सरकारी डाक्टर हुन्।
करिब ३ तीन हप्ता अघि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
भेरी अस्पतालमा उपचाररत डा. सापकोटाको आज दिँउसो ३ बजे मृत्यु भएको हो। उनी सुगरका दीर्घराेगी थिए।
यसभन्दा अघि २ जना स्वास्थ्यकर्मीको कोरोना संक्रमण ज्यान गुमाएका छन्।