तपाईंको स्यानिटाइजर कस्तो?, ज्यानै लिन पनि सक्छ
कोरोना संक्रमणसँगै नेपाली समुदायमा एकएक चर्चित भएको एउटा नाम हो, ‘ह्याण्ड स्यानिटाइजर।’
संक्रमणको सुरुवातमा नेपाली बजारमा रातारात मास्क र स्यानिटाइजरको धेरै अभाव भयो।
विस्तारै धेरै कम्पनीले स्यानिटाइजर बनाउन थाले। मास्क त अहिले टोलटोलमै बन्छन्।
हरेक नेपालीको हातहातमा अनिवार्यजस्तै बनिसकेको सबै स्यानिटाइजर प्रयोग गर्न लायक छैनन्।
संक्रमणसँगै नेपालमा उत्पादन गरिएका कतिपय ‘स्यानिटाइजर’ स्वास्थ्यका लागि निकै हानिकारक छन्।
नक्कली स्यानिटाइजरको बिगबिगी
औषधी व्यवस्था विभागले बजारमा बेच्न राखिएका स्यानिटाइजर कस्ता छन्? भनेर बजारमा अनुगमन गरेको थियो।
तीन साताभरिको अनुगमनका क्रममा विभागले १८ वटा कम्पनीले उत्पादन गरेको स्यानिटाइजरलाई प्रयोग गर्न नहुने भनेको छ।
उसले ती स्यानिटाइजरलाई बजारमा बेच्न पनि रोक लगाइसकेको छ।
विभागमा दर्ता भएका ४४ कम्पनीले उत्पादन गरेका स्यानिटाइजर मात्रै प्रयोगका लागि लायक छन्।
अत्यधिक मात्रामा ‘मिथानोल’ नामको रसायन मिसाइएका यी स्यानिटाइजरले मानिसको ज्यानैसम्म लिने खतरा रहन्छ।
‘बजारको अनुगमन गर्दा दर्ता नभएका कम्पनीले स्टानिटाइजरको उत्पादन गरेको पाइयो। बजारमा ज्यानै लिने सम्मको विषाक्त स्यानिटाइजर भेटिएपछि अनुगनलाई तिब्रता दिएका छौ, विभागका सूचना अधिकारी सन्तोष केसीले भने, ‘यस्ता स्यानिटाइजर उत्पादन गर्ने कम्पनीलाई कारबाहीको दायारा ल्याउछाैं।’
यस्ता विषाक्त स्यानिटाइजरले के हानी गर्छ?
यस्ता विषाक्त रसायुक्त स्यानिटाइजरको प्रयोगले मानिसको ज्यानैसम्म जानसक्छ।
‘स्यानिटाइजरमा मिसाइएको मिथानोल मानवीय प्रयोगका लागि होइन’, केसी भन्छन्, ‘लामो समयसम्म प्रयोग गरिहँदा यसले मानव शरीरमा धेरै हानी गर्छ।’
उनका अनुसार यी स्यानिटाइजरले मानिसलाई ‘कोमा’मै पनि पु¥याउनसक्छन्।
श्वासप्रश्वास, छाला, र आँखाको माध्यमबाट यी स्यानिटाइजरले विभिन्न नकारात्मक असर गरिरहेका हुन्छन्। खोकी लाग्ने, टाउको दुख्ने, रिंगाटा तथा वाकवाकी लाग्ने, वान्ता हुने जस्ता असर पनि देखिन्छन्।
कस्तो कारबाही हुन्छ?
सामाजिक अपराध तथा सजाय ऐन, २०३२मा मिसावट गरेर कालोबजारी गर्नेलाई कारबाहीको व्यवस्था छ।
औषधीमा मिसावट र मिसावट भएको औषधीको बिक्री गरेका कारण ज्यानलाई खतरा पुग्ने सम्भावना भएमा जन्म कैद वा दश वर्षसम्म कैद र जरिवाना हुनसक्छ।
त्यस्तै शरीरको कुनै अगंको शक्ति क्षीण वा हरण हुनसक्ने भएमा दश वर्षसम्म कैद र जरिवाना तथा अन्य अवस्थामा पाँच वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा छ।
नेपाली स्यानिटाजर बिक्री हुने छाडे
विभागले चैत्र ९ गते स्यानिटाजर उत्पादन गर्ने कम्पनीलाई दर्ता प्रक्रियामा आउनू, भनेर सुचना निकालेको थियो।
तर, देशभर लकडाउन भएपछि विभागले दर्ता प्रक्रियाको अवधि थप गरेर विभागले असोज २२ सम्मको समय दिएको छ।
६ महिना अवधिसम्म पनि ४ वटा कम्पनीले मात्र विभागमा दर्ता गरे।
बाँकी ४० वटा कम्पनी चैतअघि नै दर्ता थिए।
विभागमा दर्ता भएका स्यानिटाजर सबै नेपाली कम्पनी हुन्।
यति धेरै कम्पनीले नेपालमै स्यानिटाइजर उत्पादन गर्छन्। तर, विदेशबाट आउने क्रम भने रोकिएको छैन।
भन्सार विभागको तथ्यांकलाई हेर्ने हो भने अघिल्लो आर्थिक वर्षभरि जम्मा २४ करोड रुपैयाँ बराबरको स्यानिटाइजर नेपाल भित्रिएको थियो।
तर, चालु आर्थिक वर्षको दुई महिनामै २६ करोड भन्दा धेरैको स्यानिटाइजर नेपाल भित्रिएको छ।
नेपालका औषधी उत्पादकहरुका अनुसार नेपाली उत्पादनको ‘गुणस्तर’ले पनि त्यसको बजारमा भर पर्छ।
वा बजारमा विदेशी स्यानिटाइजरको दबदबा हुँदा नेपाली उत्पादनले त्यत्ति बजार नपाएको हुनसक्ने उनीहरू बताउँछन्।
नेपाल औषधी उत्पादक संघका पूर्व अध्यक्ष दीपक प्रसाद दाहाल आफूले उत्पादन गरेको स्यानिटाजर बिक्रि हुनै छोडेको बताउँछन्।
‘सरकारले नै स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्दैन। गुणस्तरहिन स्यानिटाजर बेच्नेलाई सरकारले कारबाही गर्न पनि सकेको छैन,’ दाहाल भन्छन्, ‘सरकारले दर्ता प्रक्रियाको म्याद बढाउँदा यस्तो अवस्था आएको हो।’
तर, नेपालकै गुणस्तरीय उत्पादनलाई पनि सरकारले प्राथमकितामा नराखेको उनको गुनासो छ।
‘बजारमा अहिले खुलेआम गुणस्तरहीन स्यानिटाइजरको बिक्रि भइरहेको छ। जनताको स्वास्थ्यमा असर परिरहेको छ’ दाहालको प्रश्न छ ‘त्यसको जिम्मेवारी स्वास्थ्यमन्त्रीले लिने कि नलिने?’
नेपालमा दर्ता भएका ४४ स्यानिटाइजर कम्पनीहरु–
S.No. | Name of Manufacturer | Name of Product | ||
1 | NOVA GENETICA | NEOFRESH-S | ||
2 | M D H PHARMACEUTICAL PVT LTD, BHAKTAPUR | VIROK PURE PALMS | ||
3 | PRIME PHARMACEUTICALS PVT LTD, BIRGUNJ | SAFE HANDS | ||
4 | EVEREST PHARAMACEUTICAL PVT.LTD | EVEREST HAND SANITIZER | ||
5 | ARROW PHARAMACEUTICAL PVT.LTD, BHAKTAPUR | CLEANHANDS | ||
6 | CTL PHARMACEUTICAL PVT. LTD. | SANISAFE | ||
7 | SR DRUG LABORATORIES PVT LTD | SR CARE | ||
8 | TAURUS PHARMA PVT LTD | SAFEGUARD | ||
9 | NATIONAL HEALTHCARE PVT LTD | HEX-E | ||
10 | RHODODENDRON BIOTECH PVT LTD | RB-HANDRUB | ||
11 | CUREX PHARMACEUTICALS PVT LTD | CURESAFE | ||
12 | ARYA PHARMA LAB PVT LTD | CLEANWELL | ||
13 | TIME PHARMACEUTICALS PVT LTD | SANITIME | ||
14 | SUMY PHARMACEUTICAL PVT LTD | SURAKSHYA | ||
15 | BIOGAIN REMEDIES PVT LTD | BIOSHIELD | ||
16 | NEPAL PHARMACEUTICAL LABS | NURELL | ||
17 | BHASKAR HERBACEUTICALS PVT LTD | HAND SHIELD | ||
19 | NEPAL AUSHADHI LIMITED | SANITIZ SANITIZER | ||
20 | BIOGAIN REMEDIES PVT LTD | BIOSHIELD | ||
21 | SUPREME HEALTHCARE PVT LTD | HAND GUARD | ||
22 | DABAR NEPAL PVT LTD | INSTANT HAND SANITIZER | ||
23 | PHARMACO INDUSTRIES PVT LTD | SAFETY | ||
24 | GENETICA LABORATORY PVT LTD | G-CLEAN | ||
25 | BIOGAIN REMEDIES PVT LTD | BIOSHIELD | ||
26 | SOLUTION HERBAL COMPANY PVT LTD | CLEAN | ||
27 | HIMALAYAN SHERPA HERBAL PVT LTD | HS HANDRUB | ||
28 | ASIAN PHARMACEUTICALS PVT LTD | SAFA | ||
29 | UNIVERSAL FORMULATION | UNISAFE | ||
30 | DEURALI JANTA PHARMACEUTICALS | DJ SANITIZER | ||
31 | AMTECH MED PVT LTD | SAMIT | ||
32 | ARROW PHARAMACEUTICAL PVT.LTD, BHAKTAPUR | INSTANT CLEAN HAND | ||
33 | PRIME PHARMACEUTICALS PVT LTD, BIRGUNJ | SAFEHAND | ||
34 | LOMUS PHARMACEUTICALS | HANDX | ||
35 | BHASKAR HERBACEUTICALS PVT LTD | HAND SHIELD | ||
36 | MANJARI AYURVED AUSHADI UDHYOG | RUB CLEAN | ||
37 | UPADESH HERBAL UDHYOG | HERPAL | ||
38 | QUEST PHARMACEUTICAL PVT LTD | SILK TOUCH | ||
39 | DABAR NEPAL PVT LTD | INSTANT HAND SANITIZER | ||
40 | NEPAL HERBS INDUSTRIES PVT LTD | HAND SANITIZER | ||
41 | MARUTI PHARMA PVT LTD | STERIMAX GEL | ||
42 | QUEST PHARMACEUTICAL PVT LTD | SILK TOUCH | ||
43 | ASIAN PHARMACEUTICALS PVT LTD | SAFA | ||
44 | PHARMACO INDUSTRIES PVT LTD | SAFETY INSTANT HAND SANITIZER |