कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका २७ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, सेवा अनिश्चितकालका लागि बन्द

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।

२७ जनाभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको प्रतिष्ठानका कोभिड फोर्कल पर्सन डा. धिरज गुरूङले बताए।

‘२७ जनाभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ,’ डा.गुरुङले हेल्थपोस्टसँग भने, ‘बाँकी रहेका स्टाफको परीक्षण गरेसकेपछि मात्र कसरी सेवा सञ्चालन गर्ने टुगों लगाउँछौं।’

हाल प्रतिष्ठानमा कोरोना संक्रमित ६ जनाले उपचार गराइरहेका छन्। उनीकोहरूको सम्पर्कमा स्वास्थ्यकर्मीबाट संक्रमण फैलिएको हुनसक्ने उनले अनुमान लगाए।

संक्रमित स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था सामान्य रहेको डा. धिरजले बताए।

उनका अनुसार केही स्वास्थ्यकर्मी होम आइसोलेसन तथा अस्पतालमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय