भक्तपुर र मध्यपुर नगरपालिकामा कोरोना संक्रमितको संख्या बढी

पहिलो चरणको लकडाउन हुँदासम्म भक्तपुरमा कोरोना संक्रमितको संख्या न्यून थियो। तर, जब लकडाउन सकिएर केही दिनका लागि खुला भयो, त्यसयता धमाधम कोरोनाका संक्रमित बढिरहेका छन्।

अहिलेसम्म भक्तपुर जिल्लामा जम्मा दुई हजार ८६ जना कोरोनाका संक्रमित पुगेका छन्। संक्रमितमध्ये एक हजार एक सय ८० जना पुरुष छन् भने, नौ सय ६ जना महिला संक्रमित छन्। चारवटा स्थानीय तह रहेको भक्तपुरका पनि मध्यपुर थिमि र भक्तपुर नगरपालिका बढी प्रभावित बनेका छन्।

यी दुई स्थानीय तहमा मात्रै एकजार चार सय २२ संक्रमित छन्। जिल्लामा भएका कूल संक्रमितमध्ये करिब ६८ प्रतिशत संक्रमित यी दुई नगरपालिकामै छन्।

संक्रमितको संख्या दैनिक बढ्दो क्रममा रहेपछि दुवै स्थानीय तहले कोरोना नियन्त्रणलाई चुनौतीका रुपमा लिएका छन्। मध्यपुर थिमी नगरपालिकामा सात सय ९४ जना संक्रमित छन् भने भक्तपुर नगरपालिकामा ६ सय २८ जना कोरोना संक्रमित रहेको नगरपालिकाको कोरोना अपडेटमा उल्लेख गरिएको छ।

संक्रमित मात्रै होइनन, जिल्लामा सबैभन्दा बढी मृत्यु हुने पनि यी दुवै नगरपालिकामा छन्। जिल्लाभरीका हालसम्म २८ जनाको मृत्यु भएकोमा मध्यपुरका १३ र भक्तपुर नगरपालिकाका ९ गरी जम्मा २२ जना रहेको सम्बन्धित नगरपालिकाले जनाएका छन्।

भक्तपुर नगरपालिकामा पुरुष र महिला संक्रमितको संख्या उस्तै छ। पुरुष संक्रमित तीनसय १५ छन् भने, महिला तीनसय १३ रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। यता मध्यपुर थिमि नगरपालिकामा भने महिलाभन्दा पुरुष संक्रमितकै संख्या बढी देखिएको छ। जहाँ पुरुष चारसय ५१ जना छन् भने महिला संक्रमित तीनसय ५३ जना छन्।

यस्तै निको हुनेको संख्या भने संक्रमितको तुलनामा न्यून देखिन्छ। भक्तपुर नगरपालिकाका दुई सय ३४ निको भइसकेका छन् भने मध्यपुर ठिमीका चार सय ६ निको भइसकेका छन्।

भक्तपुर जिल्लामा जम्मा निको हुनेको संख्या १ हजार ७२ जना भएको भक्तपुर जिल्लाको कोभिड–१९ पोजेटिभ केस सम्बन्धी विवरणमा उल्लेख गरिएको छ। अहिले भक्तपुरमा जम्मा सक्रिय संक्रमितको संख्या ९ सय ८६ छन्।

जसमा महिला चार सय ३० र पुरुष ५ सय ५६ जना छन्। बाँकी दुई नगरपालिकामा भने यी दुई तहको भन्दा संक्रमितको संख्या कम देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय