बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

बुटवलको कोरोना अस्पतालमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नंं. ८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । अस्पतालका अनुसार उनी उच्च रक्तचापका दीर्घ रोगी समेत थिए ।

असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान अस्पताल भर्ना भएका थिए ।

उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गएराति साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय