कोरोना संक्रमणपछि अर्जुनधारा नगरपालिकाका पाँच वडा कार्यालय बन्द

हेल्थपाेस्ट/झापा
प्रकाशित
२०७७ असोज १५ गते १०:०६

झापा अर्जुनधारा नगरपालिकाका १० जना कर्मचारी होम आइसोलेसनमा बसेको र तीन शाखा बन्द भएकै बेला थप तीन वडा कार्यालय अनिश्चित समयका लागि बन्द गरिएको छ ।
अर्जुनधारा नगरपालिका ९ का स्थानीयमा मंगलबार कोरोना संक्रमण भएपछि झापाको अर्जुनधारा नगरपालिकाका थप तीन वडा अनिश्चितकालका लागि बन्द गरिएको वडाध्यक्ष नवराज ढुंगाना (नवीन) ले बताए।

समुदायमा संक्रमण फैलन सक्ने देखिएपछि वडाबाट प्रवाह हुने सबै सेवा बन्द गरिएको ८ का वडाध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी दिए।

शनिश्चरे बजारमा रहेको ८ को वडा कार्यालयमा आएका व्यक्तिमा संक्रमण देखिए पछि सेवा बन्द गरिएको गौतमको भनाइ छ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा संक्रमित व्यक्तिको पहिचान गर्न तीन वडा कार्यालय बन्द गर्ने निर्णय गरिएको १० का वडाध्यक्ष बलदेवसिंह गोम्देनले जाजानकारी दिए ।

संक्रमित व्यक्ति गाउँ गाउँ पुगेपछि सेवा बन्द गर्नुपरेको गोम्देनले बताए।
११ वटा वडा रहेको नगरपालिकाको खुदुनाबारीमा यसअघि एकै परिवारका ३ व्यक्तिमा संक्रमण पुष्टि भएपछि अर्जुनधारा २ र ३ नम्बर वडा कार्यालय बन्द छन्।

अर्जुनधारा नगरपालिकाको कार्यालय गएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले कृषि, प्रशासन र प्राविधिक शाखाको काम गत शुक्रबारदेखि नै बन्द गरेको छ।
ती शाखा निःसंक्रमण गरेर बन्द गरिएको हो।

कर्मचारीको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ। नगरपालिकाबाट प्रवाह हुने अन्य सेवा भने सुचारु रहेको जनाएको छ।
नगरका अरू ६ वडा भने सुचारू छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय