वीरगन्ज महानगरका २४ पुरुषमा काेराेना संक्रमण

वीरगन्जको नारायणी प्रयोगशालामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार राति कूल ९६ जनाको स्वाब परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए।

पर्सामा २४ जना, बाराका ३ जना, रौतहटका २ जना र सर्लाहीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। थपिएका संक्रमितमा १० जना महिला र २० जना पुरूष रहेका छन्।

संक्रमण देखिनेमा ९ वर्षदेखि ६९ वर्षका समूहका रहेका छन्। पर्सामा थपिएका संक्रमित सबै वीरगन्ज महानगरपालिकाका २४ जना पुरुष रहेका हुन्।

वीरगन्जको वडा नम्बर १३ र १४ मा ४-४ जना, वडा नम्बर २ र १६ मा २-२ जना संक्रमित थपिएको छ । वीरगन्जकै वडा नम्बर ४, ११, १२, १५, १९ र २४ मा एक-एक जनामा संक्रमण पुष्टि भएको छ भने ६ जना संक्रमित अन्य वडाका बासिन्दा रहेका हुन्।

यस्तै बाराको कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका र पर्सौनी गाउँपालिकामा एकरएक जना संक्रमण फेला परेको छ।

रौतहटको कटहरियाका र फतुवा विजयपुर नगरपालिका एक-एक जना संक्रमित पुष्टि भएको छ।

रौतहटको बस्बरिया गाउँपालिकामा एक जना संक्रमित थपिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय