डा. केसीको अवस्था गम्भीर, ऐँठन पर्न थाल्याे

जुम्लादेखि आफ्नो १९ औं अनशन सुरु गरेका चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। आठ दिनसम्म जुम्ला, एक दिन नेपालगन्ज र हाल काठमाडौंको त्रिवि अस्पतालमा उनी अनशनरत छन्।

अनशनको १७ औं दिनमा आइपुग्दा केसीको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर बन्दै गएको उनको निरीक्षणमा सहभागी चिकित्सक बताउँछन्।

त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको आज आठौं दिन भएको छ। यहाँसम्म आइपुग्दा उनको शरीरमा विभिन्न समस्या देखा पर्न थालेको निरीक्षण मेडिकल टिमले जनाएका छन्।

उनका उपचारको सम्लन रहेको डा. सुवास आचार्यको अनुसार थकार्न महशुस हुने, छाती दुख्नेलगायतको समस्या त देखिँदै आएकाे थियाे। तर, हिजोदेखि ऐँठन पर्न थालेको छ। अहिले मुटुको चाल तेज भएको, चक्कर आइरहने, तथा मांसपेसीको दुखाइ पनि बढिरहेको बताए।

शरीरमा चिनीको मात्रा कम भएको, सोडियम, पोटासियम, म्यागनेसियम, क्याल्सियम, फस्फोरसको मात्रा पनि न्यून रहेको आचार्यले बताए ।

सेतो रक्त कोषिकाको मात्रा कम हुँदै गएकोले संक्रमण हुने सम्भावना रहेको छ। नसाहलाई खुलाइ राख्न सलाइन पानी दिइएको छ। लामो समयदेखि आमरण अनशनको प्रभावले उनको शरीरमा जुनसुकै बेला पनि गम्भीर संक्रमण हुनसक्ने उनकाे भनाइ छ।

तर, जीवनलाई खतरा हुँदाहुँदै पनि डा‌. केसीले तरल पदार्थ खान नमानेको निरीक्षणमा संलग्न चिकित्सकले बताएका छन्।

शरीरमा इलेक्ट्रोलाइटको कमी भएका कारण स्वास्थ्यमा खतरा भएको र कुनै पनि बेला आईसियुमा भर्ना हुन सक्ने अवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय