२७ लाख बालबालिकालाई मंसिर ११ र १२ गते भिटामिन ए खुवाउँदै

सरकारले मंसिर ११ र १२ गते देशभरका बालबालिकालाई भिटामिन ए खुवाउने भएको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले मंसिर ११ र १२ गते भिटामिन ए र जुका औषधि खुवाउने कार्यक्रम रहेको बताए।
यसभन्दा अगाडी कार्तिक २ र ३ गतेको लायि सो कार्यक्रम तय गरिएको थियो।

देशभरका ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम खुवाइने डा. तिंकरीले बताए।

देशभर ६ महिनाको अन्तरमा भिटामिन ए र जुका औषधि दिदै आएको थियो।

हरेक वर्ष बैशाख र कार्तिकमा भिटामिन खुवाउने गरिएको । तर, कोरोना महामारीका कारण हामीले जेठमा कार्यक्रम सञ्चालन गरेका थियौँ,डा तिंकरीले भने,‘ ६ महिनाको अन्तरमा खुवाउर्नु पर्ने भएकाले मंसिरमा समय तोकिएको हो।’

देशभरका २७ लाख बालबालिकालाई भिटामिन ए, ६ लाख बालबालिकालाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने महाशाखाले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय