स्वास्थ्य मन्त्रालयको चेतावनी : २४ घण्टाभित्र पिसिआर शुल्क समायोजन नगरे ८ ल्याबकाे स्वीकृति खारेज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाभित्र पिसिआर शुल्क समायोजन नगरे ८ ल्याबको स्वीकृति खारेज गर्ने निर्णय गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मूल्य समायोजन नभएको खण्डमा दिएको स्वीकृति खारेज गर्ने र कालोबजारीमा कारबाही गर्ने बताए।

ल्याबहरुको अनुगमन गरेको गुणस्तर मापन तथा नियमन महाशाखाले तोकिएभन्दा बढी शुल्क लिइएको प्रतिवेदनमा बुझाएको छ।

तर, मन्त्रालयले एक पटकलाई छुट दिएको छ। भने २४ घन्टामा मूल्य समायोजन नभएकोमा कोलोबजारीमा कारबाही गरेर ल्याब बन्द गराउन गृह मन्त्रालय र बाणिज्य विभागलाई आग्रह समेत गरेको छ ।

सरकारले भदौ २८ बाट आरटी–पीसीआर टेष्टको शूल्क २ हजार रुपैयाँ तोकेको छ।

तर, स्टार अस्पताल, हृयाम्स अस्पताल, बी एण्ड बी अस्पताल, मेडिसिटी अस्पताल, डिकोड जिनोमिक्स एण्ड रिसर्ज सेन्टर, सौर्य हेल्थ केयर, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड डायगनोस्टिकले संयुक्त रुपमा ३८९९ रुपैयाँ शूल्क तोकेका छन।

डा. गौतमको अनुसार इन्सिडेन्ट कमाण्ड सिस्टमले बढी शुल्क दिने ल्याबहरुलाई सचेत गराउन र २४ घण्टाभित्र शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने निर्णय गरेको बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय