चिकित्सकलाई सडकमा आउन बाध्य नपारियोसः चिकित्सक संघ

१७ दिनखेखि आमरण अनशनमा बसेका चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले सरकारलाई गम्भीर बन्न ध्यानाकर्षण गराएको छ।

बुधबार एक विज्ञप्ती जारी गर्दै संघले चिकित्सकहरुलाई सडकमा उत्रिन बाध्यत्मक स्थिति सिर्जना नगर्न अपिल गरिएको छ।

चिकित्सा शिक्षा क्षेत्र सुधारसहित विभिन्न माग राख्दै १७ औं दिनसम्म आइपुग्दा अनशनरत चिकित्सक केसीको स्वास्थ्य अवस्था पनि गम्भीर बन्दै गएको छ।

यस्तो अवस्थामा पनि सरकारले वार्ताका लागि कुनै पहल नगरेकाले तत्काल समाधान निकाल्न संघले विप्तीमार्फत आग्रह गरेको छ।

यदि समयमै सरकारले केसीको जीवनरक्षाका लागि र वार्तामार्फत समाधान निकाल्ने कोशिस नगरेमा सरकारले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएको छ।

चिकित्सक संघका महासचिव डा. बद्रि रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘डा. केसीको जीवन रक्षाका लागि चिकित्सक संघले कठोर भन्दा कठोर कदम चाल्नुपर्ने गम्भिर स्थिति सरकारले सिर्जना नगरोस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय