कोरोना संक्रमणबाट ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ।

यस्तै देशभर १५ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ। १२ हजार २०५ पिसिआर परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १ हजार ५७ जना कोरोना मुक्त भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय