देशभर १५५९ नयाँ संक्रमित थपिए

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर एक हजार पाँच सय ५९ जना काेराेना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

यससँगै देभभर सक्रिय संक्रमितको संख्या २० हजार ८८१ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार गत २४ घण्टाको अवधिमा जम्मा १२ हजार २०५ पिसिआर परीक्षण गरिएको छ। देभरमा संस्थागत आइसोलेसनमा १० हजार ८७ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए। होम आइसोलेसनमा १० हजार ८०४ जना बसेका छन्।

प्रवक्ता गौतमले हालसमम नेपालमा जम्मा १० लाख ३१ हजार ३ सय पिसिआर परीक्षण गरिएको बताए।

उपत्यकामा ९०२ जना थप

यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा ९०२ जना नयाँ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा मात्रै ६९७ जना थपिएका हुन्।

ललितपुरमा ११२ जना र भक्तपुरमा ९३ जना नयाँ संक्रमित थपिएका हुन्। यस्तै देशभर क्वारेृन्टाइनमा ५ हजार ४२८ जना बसेका छन्। आईसियुमा २०१ जना बसेका छन् भने भेन्टिलेटरमा ३० जना बसेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ५७ जनाले कोरोना जितेका छन्। यससँगै हालसम्मा कोरोना जित्नेको संख्या ५६ हजार ४२८ रहेको छ।

विश्वभर तीन करोड ३८ लाख ५२ हजार बढी संक्रमित भएका छन् भने, निको हुनेको संख्या २ करोड ५१ लाख ५७ हजार रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय