रुपन्देहीमा कोरोनाबाट थप एक जनाको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार एक जना संक्रमितको मृत्यु भएको छ। उनी देवदह नगरपालिका वडा नम्बर ११ का ५५ वर्षीय पुरुष हुन्।

पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि कोरोना अस्पतालको आईसियूमा राखी उपचार भइरहेको थियो।

असोज ११ गते स्वास्थ्यमा समस्या भई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएका उपचारकै क्रममा बिहान १० बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

मृतकको मिर्गाैला र रगतमा समस्या रहेको थियो । योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या २० पुगेको छ। अहिले बुटवल कोरोना अस्पतालको आईसियूमा १६ र भेन्टिलेटरमा एक बिरामीको उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय