नारायणी अस्पतालको प्रयोगशालामा १९ जनामा संक्रमण पुष्टि

वीरगन्जको नारायणी प्रयोगशालामा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएकाे पिसिआर परीक्षणमा थप १९ जनामा संक्रमण देखिएकाे हाे।

जसमा सबै भन्दा बढी पर्सा जिल्लाका १२ जना बासिन्दा रहेका हुन्। संक्रमित हुनेमा १७ वर्षीदेखि ५५ वर्षका समेत रहेका छन्।

मंगलबार राति प्रयोगशालामा १ सय ९२ जनाको स्वाबलाई पिसिआर परीक्षण गर्दा पर्सका १२ जना, बाराका ५ जना , मकवानपुर र रामेछापका एक / एक जनासहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेशकुमार चौरसियाले जानकारी दिए।

वीरगन्जस्थित रहेको आर्मी ब्यारेकमा ४ जना संक्रमण थपिएको छ ।नारायणी अस्पतालको क्वाटरमा बस्ने एक जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मा चार र वडा नम्बर ६, ११ र १५ मा एक/एक जना संक्रमित थपिएका छन् । तस्तै बाराकाे बारागढी गाउँपालिका वडा नम्बर १ र ४ मा एक/एक जना, पर्सौनी गाउँपालिका वडा नम्बर ४ मा एक जना, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा एक जना र परवानीपुर गाउँपालिकामा एक जनागरी पाँच जनामा संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय