झापामा काेराेना संक्रमित सुनचाँदी व्यवसायीकाे मृत्यु

झापामा संक्रमित सुनचाँदी व्यवसायीकाे मृत्यु

झापा

कोरोना संक्रमणका कारण झापाको गौरादह नगरपालिका १ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक गोविन्द श्रेष्ठका अनुसार विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा ति पुरुषको मृत्यु भएको हो ।

मृतक सुनचाँदी व्यवसायी भएको जनाइएको छ ।
श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई असोज ३ गते उपचारका लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो।

पिसिआर परीक्षण गर्दा असोज ६ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि आइसोलेसनमा राखिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

उनी मधुमेह, उच्च रक्तचाप र कलेजो सम्बन्धी समस्या झेलिरहेका व्यक्ति हुन्। योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय