कोरोना संक्रमण अस्पतालबाट फैलिरहेको छ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालबाट नै कोरोना संक्रमण फैलिरहेको जनाएको छ।

मंगलबार मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य संस्थामा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिएको बताए।

‘संक्रमितलाई विश्लेषण गर्दा स्वास्थ्य सस्था, ब्यारेक र भीडभाड हुने स्थानमा कोरोनाको सक्रमण बढेको पाइएको छ, डा. गौतमले भने,‘ यस्ता स्थानबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सरिरहेकोे छ।’

डा. गौतमले यस्ता संस्थाहरूमा अनिवार्य रूपमा हात धुने व्यवस्था मिलाउन हुन, दुई मिटरको दुरी काम गर्ने वातावरण मिलाउन र मास्क अनिवार्य रूपमा प्रयोग गर्न समेत अनुरोध गरे।

पछिल्लो दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमण फैलिरहेको छ। मंगलबार मात्रै काठमाडौं उपत्यकामा ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ।

डा. गौतमले आज काठमाडौं उपत्यका, मोरङ, रुपदेन्हीमा धेरै संक्रमित भेटिएको बताए।

‘नेपाल सरकार कार्यलय, बैक, खानेपानी, मालपोत कार्यलय, टेलिकम, तरकारी बजार, बडा कार्यलयमा जनस्वास्थ्यको मापदण्ड पालना नगरेको पाइएको छ, डा. गौतमले भने,‘ यसले झन संक्रमण बढाएको छ। भोली दिनमा ठुलो खतरा निम्ताउने संकेत गरेको छ।’

कोरोना रोकथामको उपायमात्र हामी रहेको भन्दै डा. गौतमले अनिवाय रुपमा मास्कको प्रयोग, हात धुने र भौतिक दुरी कायम गर्न अनुरोध गरे।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय