संक्रमित बढेपछि सुदूरपश्चिमका दुई पालिका सिल

सुदूरपश्चिमस्थित अछामको बान्निगढी जयगढ गाउँपालिका र बैतडीको मेलौली नगरपालिकामा कोरोना संक्रमित बढेपछि दुवै स्थानीय तहलाई सिल गरिएको छ।

अछामको बान्निगढ जयगढ गाउँपालिकामा असोज १० गते कोरोना संक्रमितको मृत्यु हनका साथौ संक्रमितमा गम्भिर लक्षण देखापरेपछि आजदेखि सिल गर्ने निर्णय गरिएको हो।

सोमबार बसेको कार्यपालिकाको बैठकले गाउँपालिकालाई मंगलबारदेखि एक हप्ताका लागि सिल गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शैलेशराज ढुंगानाले बताए।

बान्निगढको–३ का ३४ बर्षे पुरुषको ज्यान गएको र आइसोलेसनमा बसेकामा समेत कडा खालको लक्षण देखिएकाले असोज १९ गते सम्मका लागि गाउँपालिका सिल गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले बताए।

यसैगरी बैतडीको मेलौली नगरपालिकाका लाई पनि आज देखी सिल गर्ने निर्णय गरिएको छ।

नगरपालिकाको सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि बैतडीको मेलौली नगरपालिकालाई सिल गरिएको छ।

मंगलबार नगरपालिकामा तीन कर्मचारी र भारतबाट फर्केका एक स्थानीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएपछि नगरक्षेत्र सिल गरिएको जनाइएको छ ।

आज बसेको आकस्मिक बैठकले असोज १७ गते राति १२ बजेसम्म नगरक्षेत्र सिल गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासककीय अधिकृत रामदत्त भट्टले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय