कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ७ पुरुष गरी १० जनाको मृत्यु भएको हो।

मगंलबार मृत्यु हुनेमा मोरङका ६८ , महोत्तरीका ५८ काठमाडौंका ६० र ७० , चितवनका ५५ बाँकेका ५३ र ३९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, सर्लाहीका ७२ , काठमाडौंका ५७ र बाँकेमा ७६ वर्षिया महिलाको मृत्यु भएको हो।

हालसम्म नेपालमा मृत्यु हुने संक्रमितको संख्या ४९१ पुगेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय