देशभरमा १५१३ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै ९३४

पछिल्लो २४ घन्टामा देशभर १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ७६ हजार २ सय ५८ पुगेको बताए।

त्यसैगरी, मंगलबार काठमाडौं उपत्यकामा थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार काठमाडौं ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनालाई कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या २३ हजार २६४ पुगेको छ।

काठमाडौंमा १८ हजार ८७७, ललितपुरमा २ हजार ३४६ र भक्तपुरमा २ हजार ३७ संक्रमित पुगेका छन्।

मगंलबार देशभर २० हजार ३ सय ९६ संक्रिय संक्रमित र होम आइसोलेसनमा १० हजार ७ सय ७ जना रहेका छन्।

गत २४ घन्टामा ७ सय ३१ जना कोरोना मुक्त भएका छन्।

यो सँगै संक्रमण मुक्त हुने संख्या ५५ हजार ३ सय ७१ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७२.६ प्रतिशत रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय