कोरोनाबाट आज बाँकेका स्वास्थ्यकर्मी र शिक्षककाे मृत्यु

बाँकेमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाँके कोहलपुर नगरपालिका– १० निवासी ५३ वर्षीय एकजना पुरुष छन्।

असोज ४ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका उनको मंगलबार बिहान मृत्यु भएको हो। उनी शिक्षक हुन्।

त्यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचार हुँदाहुँदै नेपालगन्ज उपमहानगरपालिका ७ रानीतलाउ निवासी ३९ वर्षीय अर्का एक पुरुष संक्रमितको पनि मृत्यु भएको छ।
यी संक्रमितलाई प्लाज्मा थेरापी पनि गरिएको थियो र रेमडेसिभिर औषधी पनि चलाइएको थियो।

उनी नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन्। योसँगै बाँकेमा १५ जना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय