नारायणी अस्पतालको प्रयोगशालामा २५ जनाकाेे रिपोर्ट पाेजेटिभ

Avatar

Health Post
प्रकाशित
२०७७ असोज १३ गते ११:४८

     

बारा र पर्सामा बैंकरसहित थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएकाे पिसीआर परिक्षणमा पर्सा र बारामा थप २५ जनामा संक्रमण देखिएकाे हाे।

जसमा सबै भन्दा बढी पर्सा जिल्लाका २४ जना बासिन्दा रहेका हुन्। संक्रमित हुनेमा १८ वर्षीदेखि ७० वर्षका समेत रहेका छन्।
साेमबार राति प्रयोगशालामा १ सय ९२ जनाको स्वाबलाई पिसिआर परिक्षण गर्दा पर्सका २४ जना र बाराका १ जनासहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेशकुमार चौरसियाले जानकारी दिए।

उनका अनुसार २ जना महिला र २३ जना पुरूष काेराेना संक्रमण थपिएका छन्। पर्साका २४ जना संक्रमण पुष्टि भएकामध्ये एक जना वीरगन्ज स्थित एभरेष्ट बैंकमा कार्यरत कर्मचारीपनि रहेका छन्।

वीरगन्ज महानगरपालिका वडा ३२ का आठ जना, वडा २१ का ५ जना, वडा २९ का २ जना र वडा नम्बर १५ र १६ का एक/एक जनागरी कुल १७ जना संक्रमित थपिएका छन्।

कालिकामाई गाउँपालिका वडा नम्बर १ का ५ जना र सुवर्णपुर वडा ५ का पनि एक जना संक्रमण देखिएकाे छ।

यस्तै बारा जिल्लाको महागढी माई नगरपालिका वडा नम्बर ७ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय