कोरोनाबाट त्रिवि अस्पतालकी कर्मचारीको मृत्यु, २ सय बढी स्वास्थ्यकर्मी संक्रमित

त्रिवि शिक्षण अस्पतालमा कार्यरत सरसफाइ महिला कर्मचारीको कोरोनाबाट मृत्यु भएको छ।

अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले उपचारको क्रममा आज बिहान (मंगलबार) मृत्यु भएको पुष्टि गरे। डा. दासका अनुसार ५७ वर्षीया महिलामा दमको रोग रहेको थियो।

‘उहाँलाई दमको समस्या थियो। अस्वस्थ्य भएकाले एक महिनादेखि हामीले काममा लगाएका थिएनौं,’ डा. दासले हेल्थपोस्टसँग भने, ‘कोरोना संक्रमण देखिसकेपछि असोज ३ गते अस्पताल भर्ना हुनुभएको थियो।’

सबै परिवारमा संक्रमण भएकाले त्यहीँबाट संक्रमण सरेको हुनसक्ने डा. दासको अनुमान रहेको छ।

‘उपचारको क्रममा पहिला हामीले आईसियूमा राखेका थियौं। त्यसपछि भेन्टिलेटरमा राख्यौं,’ डा.दासले भने, ‘भेन्टिलेटरबाट अलि सुधार भएर निकाल्यौं। तर, उहाँलाई हामीले बचाउन सकेनौं।’

हाल अस्पतालमा २ सयभन्दा बढी स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण पुष्टि भएको दासले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय