काेराेना स‌ंक्रमणका कारण पर्सामा कार्यरत स्वास्थ्यकर्मीकाे मृत्यु

पर्सा जिल्लाको जगरनाथपुर पालिकामा कार्यरत एक स्वास्थ्यकर्मी कोरोना भाइरसको कारण मृत्यु भएको छ।

पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत सिनियर अहेब रामशिकल साहको उपचारको क्रममा काठमाण्डाैँमा मृत्यु भएको छ।

महोत्तरी जिल्ला निवासी जगरनाथपुर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ५८ वर्षीय अहेब साहको सोमबार मृत्यु भएको हो।

काठमाण्डौंको बूढानीलकण्ठस्थित करुणा अस्पतालमा उपचारको क्रममा सोमबार बिहान साढे ८ बजे उनको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले जनाकारी दिए।

भारत बिहारको पुगेका साहको स्वास्थ्यमा समस्या देखिएपछि उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो।

भारतबाट फर्किएर उनी एक हप्ता जनकपुरको कोरोना अस्पतालमा भर्ना भएका थिए। जनकपुरमा दोस्रो पटक स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकाे थियाे तर स्वास्थ्यमा सुधार भने देखिएको थिएन।
स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई काठमाडौं पठाइएको थियो।

काठमाडौंको करुणा अस्पताल भर्ना भएका साहको पुन: तेस्रो पटक स्वाब परीक्षण गर्दा असोज ७ गते कोरोना पाजिटिभ देखिएको थियो।

चार दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमन आज सोमबार मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय