डा. केसीको अवस्था ‘जटिल’, जीवन रक्षार्थ दीप प्रज्ज्वलन

अनसनरत डा.गोविन्द केसीको जीवनरक्षाको माग गर्दै उनका समर्थकले माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरेका छन्।

‘सोलिडारिटी फर डा. केसी’ अभियानको अगुवाइमा उनीहरूले दीप प्रज्ज्वलन गरेका हुन्। त्यस क्रममा केसीका समर्थकले डा. केसीको जीवन रक्षा गर्न र उनका माग पूरा गर्न दबाब दिइएका नारा लेखेर छातीमा टाँसेका थिए।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. केसीको स्वास्थ्य अवस्था झन् गम्भीर हुँदै गएको छ।

कुनै पनि समयमा आइसियुमा भर्ना गर्नुपर्ने त्रिवि शिक्षण अस्पतालका आइसियु प्रमुख डा. सुवासप्रसाद आचार्यले जानकारी दिए।

‘बेलाबेलामा मुटुको चालमा गडबडी भइरहेको छ,’ डा। आचार्यले भने, ‘उहाँको स्वास्थ्य अवस्था हेर्दा आइसियुमा राखेर उपचार गर्नुपर्ने देखिइसकेको छ।’

उनका अनुसार आज मुटुरोग विशेषज्ञले केसीको मुटुको इसिजी गरेका छन्।

केसीको छातीमा पनि समस्या देखिएको छ।

डा. आचार्यका अनुसार केसीले उपचार गर्न मानिरहेका छैनन्। शरीरमा पोटासियमको स्तरमा आएको कमीले गर्दा डा। केसीका मांसपेशी बाउँडिने, गल्ने, कमजोर हुनेलगायत समस्या देखिएका छन्।

उनी अनसन बसेको १५ दिन पुगिसकेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय