नेपालमा कोरोना संक्रमणबाट ४ सय ८१ जनाको मृत्यु

पछिल्लो विवरणअनुसार नेपालमा आज ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ८१ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको अनुसार ४ वटा जिल्लाका २ महिला र २ पुरुष गरी ४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सुनसरीमा ३८, भक्तपुरमा ५१ वर्षीया महिला, बाँकेमा ४७ र गुल्मीमा ३४ वर्षीय पुरुषको मृत्य रहेका छन्।

यसअघि आइतबार नेपालमा १० जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलब ६५ प्रतिशत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय