धनगढीमा कोरोना संक्रमित महिलाको मृत्यु

धनगढी उपमहानगरपालिका-१ की कोरोना संक्रमित वृद्ध महिलाको मृत्यु भएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार असोज १० गते कोरोना संक्रमण पुष्टि भई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार गराई रहेकी ६३ वर्षीया महिलाको सोमबार मृत्यु भएको हो।

असोज ७ गते श्वासप्रश्ववासमा समस्या भएपछि सेतीमा भर्ना भएकी ती महिलामा असोज १० गते कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै धनगढीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ भने सुदूरपश्चिममा मृतकको संख्या १५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय