काठमाडौं उपत्यकामा एकैदिन थपिए ८ सय १७ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

आज थपिएका सहित उपत्यकामा कोराना संक्रमितको संख्या २२ हजार ३ सय २४ पुगेको छन्।

काठमाडौंमा १८ हजार १सय ३२, ललितपुरमा २ हजार २ सय ३१ र भक्तपुरमा १ हजार ९ सय ६१ संक्रमित पुगेका मन्त्रालयले जनाएको छ।

वितेको २४ घण्टामा देशभर एक हजार तीन सय ५१ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयको कोरोना सम्बन्धी तथ्यांक सार्वजनिक कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टामा गरिएको १० हजार ८० पीसीआर परीक्षणमध्ये एक हजार तीनसय ५१ जना नयाँ सक्रिय संक्रमित थपिएको जानकारी दिए।

यस्तै यस अवधिमा देभरमा ७४२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। यससँगै हालसममा जम्मा ५४ हजार ६४० जनाले कोरोना जितेका छन्।

आजसम्म सक्रिय संक्रमित १९ हजार ६२४ जना सक्रिय संक्रमित रहेको उनले जानकारी दिए। मन्त्रालयका अनुसार देशभर ८ हजार ६९५ जना संस्थागत आइसोलेसनमा बसेका छन्।

यस्तै, होम आइसोलेसनमा १० हजार ९२९ जना बसेका छन्। भने क्वारेन्टाइनमा देशभर ६ हजार ३१० जना बसेका छन्। गत २४ घण्टाको तथ्यांक हेर्दा २२५ जना आईसियूमा बसेका छन् भने, ३१ जना भेन्टिलेटरमा रहेका छन्।

संक्रमणमुक्त हुनेको दर ७३.१ प्रतिशत रहेको डा. गौतमले बताए। मोरङ, सिराह, चितवन, ललितपुर, काठमाडौं, भक्तपुर र रुपन्देहीमा पाँचसय भन्दा बढी संक्रमित रहेको डा. गौतमले जानकारी दिए।

यस्तै, मुस्ताङ, मनाङ, डोल्पा, हुम्ला र मुगुमा भने गत २४ घण्टामा एक जना पनि संक्रमित नभेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय