कैदीबन्दीमा कोरोना संक्रमणप्रति बार र जनसरोकारको चासो

नेपाल बार एशोसिएसन र मानवअधिकार तथा जनसरोकार समिति झापाले झापा कारागारका कैदीबन्दीमा कोरोना संक्रमण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।

उक्त घटनाको जिम्मेवार कारागार प्रशासन र जिल्ला प्रहरी हुनु पर्ने बारको निष्कर्ष छ।

तीन दिनअघि मात्र जिल्ला कारागारका १० जनामा कोरोना पुष्ट भएको छ। १७ जनाको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि बारले गम्भीर चासो देखाएको हो।

झापा कारागारका ७ जना कैदीबन्दी, दुई जना प्रहरी र एकजना कर्मचारीमा कोरोना पुष्टि भएको थियाे।

नेपाल बार एशोसिएशन झापा इकाइका सचिव भीम बराल र मानवअधिकार तथा जन सरोकार समितिकी संयोजक यज्ञलक्ष्मी चौलागाईंले विज्ञप्ति निकालेर झापा बार संवैधानिक सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवं प्रेस स्वतन्त्रताको पक्षमा क्रियाशील रही आएको स्मरण गराइएका छन् ।

कारागारमा रहेका कैदीबन्दीहरुको स्वास्थ्यसम्बन्धी हक समेत सुनिश्चित गर्नु राज्यको आधारभूत दायित्व भएकोले कारागारमा संक्रमण पुष्टि भएका कैदीबन्दीहरुको स्वास्थ्य उपचारको समुचित व्यवस्था मिलाउन विज्ञप्तिमार्फत उनीहरूले सरकारको ध्यानाकर्षण गराइएका छन्।

कारगार जस्तो संवेदनशील ठाउँमा कोरोना संक्रमण देखिनु कारागार प्रशासन र प्रहरीको लापरबाही भएको जिकिर गर्दै बार र मानवाधिकार समितिले सरकारको ध्यानाकर्षण गराएका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय