शंकरापुर अस्पतालका मेडिकल डाइरेक्टर डा. रमेश ढकाललाई कोरोना संक्रमण

शंकरापुर अस्पतालका मेडिकल डाइरेक्टर तथा राष्ट्रिय चिकित्सक संघ नेपालका महासचिव डा. रमेश ढकाललाइ कोरोना संक्रमण पुष्टि भएको छ।

५ दिन अघिदेखि हल्का ज्वरो आउने, खोकी लाग्ने समस्या रहेको डा. ढकालले बताए।

स्वास्थ्यमा समस्या आएपछि शंका लागेर आइतबार गरेको पीसीआर परीक्षणमा रिपाेर्ट पाजेटिभ आएको हो।

अस्पतालमा कोभिड तथा नन-कोभिड बिरामीको स्वास्थ्य उपचार तथा व्यवस्थापनमा खटिँदा संक्रमण भएकाे हुनसक्ने डा. ढकालले बताए।

‘कसरी संक्रमण सर्यो त एकिन गर्न सकिँदैन। अस्पतालमा नन कोभिड तथा कोभिड बिरामीको व्यवस्थापनमा फ्रन्टलाइनमा रहेर खटिरहेको छु,’ डा. ढकालले भने, ‘सायद ओपीडिका बिरामीको स्वास्थ्य चेक गर्दा संक्रमण भयाे कि जस्तो लाग्छ।’

कोरोनाका लक्षण देखिएपछि उनी होम क्वारेटाइनमा बसेका छन्।

‘हल्ला खोकी लागिरहेको छ। स्वास्थ्य अवस्था बिस्तारै ठीक हुँदै छ। चाडैँ बिरामीको सेवामा फर्कने छु,’ डा. ढकालले भने।

अहिले सम्म अस्पतालमा ५  स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय