पर्सामा १ सय ९१ जनाको परीक्षण गर्दा ७ मा काेराेना संक्रमण

पर्सा र बारामा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

वीरगन्जस्थति नारायणी अस्पतालको प्रयोशालामा आइतबार राति कुल १ सय ९१ जनाको स्वाब परीक्षण गरिएकाेमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

पुष्टि हुनेमा २४ वर्षदेखि ६५ वर्ष उमेर समुहका रहेकाे नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले जानकारी दिए।

थपिएको संक्रमितमध्ये पर्साका ६ जना र बाराका १ जना रहका छन्।

एक जना महिला र ६ जना पुरूषमा संक्रमण पुष्टि भएको छ । पर्सामा संक्रमण पुष्टि भएकामध्ये ५ जना वीरगन्जका विभिन्न वडाको बासिन्दा रहेका हुन्।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर १२ र ८ का दुई/दुई जना र नारायणी वयोधा अस्पतालका एक जनामा संक्रमण पुष्टि भएको छ भने धोबिनी गाउँपालिका वडा नम्बर ३ को एक जनापनि संक्रमित भएका छन्।

यस्तै बाराको देवताल गाउँपालिकाको वडा नम्बर १ मा एक जनामा संक्रमण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय