व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष, व्यवसायी चन्द्रप्रसाद ढकाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ढकालले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन्।

उनलाई सोमबार बिहान कोरोना पुष्टि भएको हो। उनले भनेका छन्, ‘यस समयमा म आफू पनि जनस्वास्थ्यका मापदन्ड पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि आइतबार गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ।’

यद्यपि, आफ्नो स्वास्थ्यमा कुनै समस्या नदेखिएको र घरमा आइसोलेसनमा बसेको उनले बताएका छन्। ढकालले आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन पनि आग्रह गरेका छन्। ढकाल ग्लोबल आइएमई बैंकका अध्यक्ष हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय