स्वास्थ्यमा गम्भीर असर गर्ने स्यानिटाइजर बजारमा छ्यापछ्याप्ती, थप ९ वटामा प्रतिबन्ध

औषधी व्यवस्था विभागले थप ९ वटा स्यानिटाजरमा प्रतिबन्ध लगाएको छ। बजारमा स्वास्थयमा नकारात्मक असर पार्ने विषाक्त रसायन मिथानेल भेटिपछि विभागले थप वटा स्यानिटाजर उत्पादन तथा बिक्री गर्न रोक लगाएको हो।

‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने भएकाले थप ९ वटा स्यानिटाइजरमा प्रतिबन्ध लगाइएको विभागले जनाएको छ।

प्रतिबन्ध लगाइएका स्यानिटाइजरमा भारतीय कम्पनी शिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रब, ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर ९५०० मिलि र ५ लिटर रहेका छन्।

यस्तै, , आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रीज पर्साद्वारा रिप्याक गरिएका कुम ह्याण्ड स्यानिटाइजर र क्लिन ह्याण्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडांैको साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर तथा कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्याण्ड स्यानिटाइजर रहेका छन्।

यस्ता स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण अविलम्ब रोक्का राख्न सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गराएको छ।

यसभन्दा अगाडी पनि विभागले न्युनगुणस्तरका स्यानिटाजर कम्पनीलाई उत्पादन गर्नमा प्रतिबन्ध लगाएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय