बाँकेमा आज कोरोनाबाट मृत्यु हुने नेपालगन्ज मेडिकल कलेजका कर्मचारी

बाँकेमा थप एक जना कोरोना भाइरसबाट संक्रमित व्यक्तिको मृत्यु भएको छ। आइतबार बिहान उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत एक कर्मचारीको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत नेपालगन्ज उपमहानगरपालिका ९, बाँके गाउँका ४७ वर्षे संक्रमित पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो।

मृतक व्यक्तिको स्वास्थ्यमा समस्या आएपछि भदौ ३१ गते राति उपचारका लागि मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो।

कोरोनाको आशंकामा भदौ २९ गते स्वाब संकलन गरिएका र भदौ ३१ गते उनमा कोरोना पुष्टि भएको थियो।

कोरोना पुष्टि भएसँगै उनलाई भदौ ३१ गते राति अस्पतालको कोभिड १९ आइसोलेसन सेक्सनमा भर्ना गरी उपचार सुरु गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रबाट जारी गरिएको प्रेस नोटमा जनाइएको छ।

उपचारका क्रममा प्लाज्मा थेरापीलगायतका बिधिबाट उपचार गर्दागर्दै आइतबार बिहान उनको मृत्यु भएको केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
मृतक व्यक्तिको दुवै फोक्सोमा निमोनिया, मधुमेहलगायतका स्वास्थ्य समस्या रहेको जनाइएको छ। मृतक व्यक्ति नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल

नेपालगन्जको प्रशासनिक विभागमा कार्यरत कर्मचारी हुन्।
बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। मृतकको शव जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले व्यवस्थापन गरेको थियो।

थप १६ मा संक्रमण पुष्टि

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार आइतबार बाँकेमा थप १६ जनामा कोरोना पुष्टि भएकोछ। भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ८ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ८ व्यक्तिमा कोरोना संक्रमण देखिएको हो।

दुवै प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ५ महिला र ११ पुरुषमा कोरोना पुष्टि भएको छ। बाँके जिल्लामा कुल संक्रमित संख्या एक हजार ८ सय २१ पुगेको छ। आइतबारमात्रै बाँकेमा २३ जना डिस्चार्ज भएका छन्।

योसँगै कोरोना जित्नेको संख्या एक हजार ४ सय ३४ पुगेको छ। यस्तै जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा ३ सय ७५ जनाको उपचार भइरहेको छ।

आइतबार कोरोना पुष्टि हुनेमा भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट कोरोना पोजेटिभ देखिनेमा नेपालगन्ज उपमहानगरपालिका-१० का २८ र ५० वर्षीया युवती तथा ४३, ७१ र २२ वर्षे पुरुष छन्। राप्ती सोनारी गाउँपालिका-८ का २४ वर्षे पुरुष र खजुरा गाउँपालिका–२ का ३९ वर्षीया महिला, वडा-३ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।

कोहलपुरको प्रयोगशालाबाट नेपालगन्ज उपमहानगरपालिका १३ का २५ वर्षे पुरुष, वडा नम्बर-७ का २७ वर्षीया महिला, खजुरा गाउँपालिका-४ का ३४ वर्षीया महिला र ५ वर्षे बालक, कोहलपुर नगरपालिका-११ का ३५ र ४० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका-४ का ७८ वर्षीय पुरुष तथा सीतागंगा १० अर्घाखाँचीका ४८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय