डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै, आईसियूमा जान मानेनन्

स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै सत्याग्रहमा रहेका प्राडा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। कुनै पनि समयमा आईसियूमा भर्ना गर्नुपर्ने हुनसक्ने त्रिवि शिक्षण अस्पतालका आईसियू प्रमुख डा. सुवासप्रसाद आचार्यले जानकारी दिए।

‘बेलाबेलामा मुटुको चालमा गडबडी भइरहेको छ,’ डा. आचार्यले हेल्थपोस्टसँगको कुराकानीमा भने, ‘उहाँको स्वास्थ्य अवस्था हेर्दा आईसियुमा राखेर उपचार गर्नुपर्ने देखिसकेको छ।’

डा. आचार्यकानुसार केसीले उपचार गर्न मानिरहेका छैनन्। शरीरमा पोटासियमको स्तरमा आएको कमीले गर्दा डा. केसीका मांसपेशी बाउँडिने, गल्ने, कमजोर हुनेलगायतका समस्या देखिएको आचार्यले बताए।

जुम्लाबाट १९ औं सत्याग्रह थालेका डा. केसी चार दिनअघि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए।

डा. केसीको उपचारको लागि अस्पतालले डा. आचार्यको नेतृत्वमा मेडिकल टिमको व्यवस्थापन गरेको छ। टिममा रत्नमणि गजुरेल, डा.रविन नेपाली, डा. सविन थपलिया, नर्सिङ तर्फबाट डा. लक्ष्मी केसीले रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय