कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

पछिल्लो विवरण अनुसार नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ।

आज मृत्यु भएका सँगै मृत्तक संख्या ४ सय ७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइतबार ६ वटा जिल्लाका १ महिला र ९ पुरुष गरी १० जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा  बारामा २०, ललितपुरमा ४२ र ७७ वर्षीय पुरुष, काठमाडौंमा ५० वर्षीया महिला, ६१ र ६२ वर्षीय पुरुष, रुपन्देहीमा ७२, बर्दियामा ६३ र ५०, अछाममा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय