अब कोरोना पाेजेटिभ रिपोर्ट सिधै बिरामीकाे हातमा

कोरोनाको आरटीपीसीआर परीक्षण गरिएपछि त्यसको रिपोर्ट आउन निकै समय लाग्थ्यो। त्यो पनि नेगेटिभ आएमा मात्र सम्बन्धित व्यक्तिले जानकारी पाउने गरेका थिए।

तर, पोजेटिभ आएको खण्डमा सम्बन्धित स्वास्थ्य संस्थाले पहिले रोग नियन्त्रण महाशाखामा पठाउँथ्यो र त्यहाँबाट जानकारी आएपछि मात्रै परीक्षण गराएका व्यक्तिले आफू संक्रमित भएको जानकारी पाउँथे।

लामो समयसम्म जानकारी नपाउँदा पोजेटिभ भएको रिपोर्ट आउनुपूर्व नै संक्रमित हतास भइसकेका हुन्छ। अब भने, नेगेटिभ वा पोजेटिभ जुनसुकै रिपोर्ट आए पनि स्वाब संकलन गरेका र ल्याबमा परीक्षण गराएका संस्थाले सिधै सम्बिन्धित व्यक्तिलाई नै दिनुपर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि आरटी पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ वा पोजेटिभ जुनसुकै भए पनि सिधै सम्बन्धित व्यक्तिलाई नै दिनुपर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

अब स्वाब संकलन गर्ने र पीसीआर परीक्षण गर्ने स्वास्थ्य संस्थाले महाशाखालाई नदिएर सिधै बिरामीलाई नै जानकारी दिनुपर्ने उनले बताए। यो निर्णयसँगै रिपोर्टका लागि अन्योलमा हुने परीक्षणवाला र संक्रमित भएकाहरुलाई केही राहत महशुस हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय