ज्ञापनपत्र बुझाउन गएका चिकित्सकमाथि लाठी चार्ज

चिकित्सा शिक्षा आयोगमा ज्ञापन पत्र बुझाउन जाँदा सुरक्षाकर्मीले चिकित्सकमाथि लाठ्ची चार्ज गरेका छन्।

चिकित्सा शिक्षा आयोगको कार्यालयमा सिट निर्धारणका विषयमा ज्ञापनपत्र बुझाउन गएका चिकित्सकहरुमाथि प्रहरीले लाठीचार्ज गरेको थियो।

चिकित्सकमाथि दुव्र्यवहार गरेकोप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएइको छ। संघले प्रेस विज्ञप्ती निकाल्दै सुरक्षाकर्मीहरूको छानबिन गरी कानुनी कारबाही गर्नसमेत माग गरेको छ।

शान्तिपुर्ण रुपमा ज्ञापन पत्र बुझाउने कार्यक्रममाथि सुरक्षाकर्मीबाटै यस्तो प्रकारको क्रियाकलाप निन्दनीय रहेको संघको ठहर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय