डा. केसीको जीवन रक्षा गर्न नागरिक तहबाट अपिल

प्राडा. गोविन्द केसीको जीवन रक्षा गर्न नागरिक तहबाट सरकारलाई अपिल गरिएको छ।  १४ दिनदेखि सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको हुनाले तत्कालै समस्याको समधान निकाल्नसमेत सरकारसँग अनुरोध गरिएको हो।

सामान्य नागरिकका तर्फबाट आइतबार प्रेस विज्ञप्ती निकाल्दै सरकारले यतिका दिनसम्म पनि कुनै चासो नदेखाएको दुखेसो पोखेका छन्।

‘सविंधानमा नै निर्दिष्ट गरेको स्वास्थ्य, शिक्षा जस्तो नागरिकका आधाभूत मानव अधिकारको विषय लागू गर्न एक जना वरिष्ठ चिकित्सक बारम्बार आमरण अनशनमा बस्नुपर्ने अवस्था हुन दुःखद हो,’ विज्ञप्तीमा भनिएको छ, ‘सविंधानले व्यवस्था गरेको मौलिक हकप्रति संवेदनशील हुन र डा. केसीसँग भएका सम्झौता कार्यावन्यन गर्न सरकारको ध्यानाकर्षण गराउँदछौँं।’

अपीलकर्तामा प्रधान न्यायधीश, मानवअधिकारवादी, नेपाल चिकित्सक संघका पदाधिकारी, अधिवक्ताले समर्थन जनाएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय