सकेसम्म अस्पताल आएका संक्रमित फर्काउँदैनौँ

देशभर कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ। अनेक प्रयास गरे पनि सरकारले नियन्त्रणमा लिन सकिरहेको छैन। सरकारी अस्पतालहरूले संक्रमितको उपचार थेग्न सकेका छैनन्।

सरकारले यसअघि नै सरकारी अस्पतालले संक्रमितको अवस्था थेग्न नसकेमा निजी अस्पतालले पनि उपचार गर्नुपर्ने निर्णय गरेको थियो। सरकारले निजी अस्पतालमा पनि २० प्रतिशत बिरामी राख्नुपर्ने निर्णय गरेको थियो। तर निजी अस्पतालहरूले मानेका थिएनन्।

हाल कोरोना समुदायस्तमार देखा परिरहँदा निजी अस्पतालका सञ्चालक, चिकित्सक र त्यहाँ कार्यरत अन्य स्वास्थ्यकर्मीहरू पनि संक्रमित बनिरहेका छन्। आफैं संक्रमित बनेपछि केही हदसम्म निजी अस्पतालहरूले पनि कोरोना संक्रमितको उपचार गरिरहेका छन्।

बिरामी, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलगायत सर्वसाधारणहरूले दुःख व्यहोर्नु नपरोस् र थप आर्थिक भार तथा झन्झट व्येहोर्नु नपरोस् भन्ने उद्देश्यले विराटनगरको विराट मेडिकल कलेजले पनि कोरोनाका बिरामी उपचार सुरु गरेको छ।

कोरोना संक्रमित आएपछि उनीहरूको उपचार व्यवस्थापन, स्वास्थ्यकर्मी परिचालन र त्यहाँको व्यवस्थापनमा के कस्ता उपायहरू अपनाइएका छन् भन्ने विषयमा हेल्थपोस्ट सहकर्मी  रेणु त्वानाबासुले विराट मेडिकल कलेज, कोभिड म्यानेजमेन्ट टिमका सदस्य प्रमेशराज देवकोटासँग गरेको कुराकानीको सारसंक्षेप

कोभिड–१९का बिरामीको उपचार कहिलेदेखि सुरु भयो?
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्झौता भएपछि मोरङको बुढीगंगा गाउँपालिका–२ टंकिसिनवारीमा रहेको विराट मेडिकल कलेजले कोरोना संक्रमितको उपचार निःशुल्क गरेको गरेको हो।

विराटनगरमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि हामीले पनि कोभिड–१९ का बिरामी राख्नुपर्छ भन्ने सोँच राखेका थियौं। हाम्रो कलेजमा दुईटा विल्डिङ छन्, एउटामा नन कोभिडको बिरामीलाई उपचार गर्ने गरिराखेका थियौं।

एउटा विल्डिङ खाली नै थियो। दुईवटा विल्डिङको दूरी लगभग ७०० मिटरजति छ। जसले गर्दा नन कोभिड बिरामीलाई केही असर नपर्ने भएकोले पूरै विल्डिङलाई कोभिडका बिरामी राख्ने निर्णय ग¥यौं।

जुन हामीले अरु नै केही गर्नका लागि बनाएका थियौं। तर, कोभिडको महामारीको बेलामा किन यस विल्डिङलाई यत्तिकै राख्ने भनेर हामीले भाद्र ८ गतेदेखि सञ्चालन गरेको थियौं।

कोभिड–१९ को अस्पताल कति बेडबाट सञ्चालन गर्नुभएको थियो?

सुरुमा ६० शय्याको रहेकोमा २० शय्या यस अस्पताललगायत अन्य अस्पतालका कर्मचारीहरूका लागि र बाँकी ४० शय्या सर्वसाधारण बिरामीहरूका लागि छुट्याइएको छ।

अहिले जम्मा एकसय बेडको आइसोलेसन सञ्चालन भइरहेको छ। जसमा सबै बेडहरू पूरा छन्। आईसियूका ६ वटा बेडमा पनि बिरामी छन्। त्यसकारण अहिले हामीले अर्को ६ वटा आईसियू थप्ने तयारी गरेका छौं।

लक्षण भएका र नभएका बिरामीलाई कसरी राखिएको छ?

कोरोनाका बिरामी राख्ने विल्डिङ ४ तलाको छ। एक तलामा कोरोनाको लक्षण नभएका बिरामी राख्ने गरेका छौं। अर्को २ वटा तलामा लक्षण भएका बिरामी राखेका छौं र बाँकी तलामा आईसियू सञ्चालन गरिराखेका छौं।

जसले गर्दा लक्षण भएका बिरामी र लक्षण नभएका बिरामीसँग सम्पर्कमा आउन पाउँदैनन्। यहाँ चाही लक्षण नभएका बिरामीभन्दा लक्षण भएका बिरामीहरूको संख्या धेरै छन्।

अहिले बिरामीहरूको चाप कत्तिको छ?

अहिले त झन् सबै सेवाहरू सुरु भइसकेका छन्। त्यसकारण पनि अहिले कोरोना संक्रमितको संख्या बढेको छ। अब आईसीयूका बिरामी आए भने राख्ने ठाउँ छैन्। लक्षण भएकालाई राख्न सकिन्छ।

त्यहीँ भएर बेडहरू बढाउनुपर्ने अवस्था रहेको छ। त्यसको लागि योजना गरिराखेका छौं। सकेसम्म आएका बिरामीलाई फर्काउन नपर्ने गरी व्यवस्था मिलाउने तयारीमा अस्पताल जुटेको छ।

कोरोना संक्रमितहरू हेर्ने स्वास्थ्यकर्मीलाई सेवा कसरी दिइराख्नु भएको छ?
कोरोना संक्रमित हेर्ने विल्डिङमा १६ जनाको एउटा गु्रप तयार पारेका छौं। जसमा ८ जनाले १२ घन्टा सेवा गर्छ र ८ जनाले अर्को १२ घन्टा गरी २४ सैं घन्टा सेवा दिइराखेका छौं।

उहाँहरूको लागि सरकारबाट केही सेवा सुविधा आएको छैन्। अस्पताल आफैंले उहाँहरूलाई स्वास्थ्य बिमा गराइदिएका छौं। तलबबाहेक अस्पतालले बोनस पनि दिने गरेका छौं, अस्पतालको स्रोत अनुसार। स्वाथ्यकर्मीहरूको स्वास्थ्यको पनि त ख्याल गर्नुप¥यो नि।

कोभिड अस्पताल सञ्चालन गरेपछि सरकारले के–के सुविधा प्रदान गरेको छ?
कोभिड सञ्चालन गरेपछि एकचोटी ५० वटा पीपीई प्रदान गरेको थियो। अरु त केही दिएको छैन्। सरकारी अस्पतालमा जस्तो कोभिड भत्ता पनि छैन स्वाथ्यकर्मीको लागि।

अनि अरु चाहि पूर्वाधारहरू पनि अस्पताल आफैंको खर्चबाट किनिराखेका छौं। सर्जिकल सामान र ग्लब्सहरू अरुबेलाभन्दा महँगो भएको छ। कुनैकुनै सामानहरू त अभाव भएका छन्।

ती सामानहरू हामीले सकेसम्म महँगो तिरेर भए पनि जुटाइरहेका छौं। अब के गर्ने ग्लब्स, मास्क, पीपीई नभइ कोरोनाको बिरामीलाई उपचार हुँदैन। त्यो नगर्दाखेरी स्वास्थ्यकर्मी पनि संक्रमित हुने डर छ। निजी अस्पताललाई पनि चाहिने पूर्वाधाहरू उपलब्ध भएको खण्डमा सहज हुन्थ्यो।

प्रोत्साहन स्वरुप स्वास्थ्यकर्मीलाई केही सेवा उपलब्ध गराउनुपर्ने हो। तर, गरेको छैन। हामीले पहल चालिरहेका छौं। काम गर्न पनि उत्साहित हुन्थे स्वास्थ्यकर्मीहरू।

यसको मतलब फेरि अहिले सेवा कम गरेका भने छैनन्। अहिले पनि डटेर काम गरिराख्नु भएको छ।

कोरोनाका बिरामीलाई निःशुल्क सेवा दिइरहनु भएको छ कि सशुल्क?

अस्पताले बस्ने, आईसियूको चार्ज, पीसीआर र सामान्य औषधिहरू निःशुल्क सेवा दिएका छौं। बाँकी संक्रमितले सिटीस्क्यान, रगत जाँचलगायत अन्य जाँच गर्दा शुल्क लिने गरेका छौं।

जस्तै रेमडेसिभर भ्याक्सिन प्रयोग गर्ने बिरामी आफैंले जुटाएर ल्याउने गरेका छन्। त्यसका लागि शुल्क पर्ने गर्दछ जुन बिरामीले नै तिर्छन्। धेरै बिरामीले यो औषधि पनि प्रयोग गरेका छन्।

अस्पतालले प्लाज्मा थेरापीको सुविधा पनि दिएको छ र?

अहिले सम्म त छैन। तर, अब सुरु गर्ने योजना छ। कहिले हुन्छ थाहा छैन। तर, प्लाज्मा थेरापीको लागि ब्लड बैकसँग समन्वय गरेर विराट कलेजका इन्ट्रनसीप ब्याचले यूज योर ब्लड (गकभ थयगच दयियम) जनचेतनामुलक काम गर्न लागेका छन्।

त्यसबाट प्लाज्मा ब्लड बैंक सञ्चालन गर्ने सोँच छ। हाम्रो अस्पतालमा प्लाज्मा थेरापी भएन भने पनि हुने ठाउँमा प्लाज्माको लागि आवश्यक रगत वितरण गर्ने सोँच बनाएका छौं।

कोरोना संक्रमितले दिनचर्या कसरी बिताइरहेका छन्?
संक्रमित बिरामीलाई बिहान शारीरिक व्यायाम गराउने, पोषणवृद्को सल्लाहअनुसार पोषणयुक्त खाना खुवाइराखेका छौं।

दिनको ४ चोटी खुवाउने गरेका छौं। स्वास्थ्यकर्मीहरू समान्य लक्षण भएका र नभएकालाई दिनको २ चोटी हेर्ने जाने र आईसियूमा भएका बिरामीलाई २४ सैं घन्टा पीपीई लगाएर सेवा दिइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय