सुदूरपश्चिममा अहिलेसम्म कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु

सुदूरपश्चिममा कोरोना भाइरसकाे संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ।

मृतक १४ मध्ये शनिबार मात्रै ३ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हाल सम्म मृत्यु भएका १४ मध्य ७ जना कैलालीका रहेका छन्।

बझाङ र बाजुराका २-२ जना तथा डडेल्धुरा, अछाम र बैतडीका १-१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

हालसम्म सुदूरपश्चिम प्रदेशमा ६ हजार ९ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएकामा ५ हजार ८ सय ८३ जना डिस्चार्ज भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय