पर्साका १७ जनामा काेराेना संक्रमण पुष्टि

कोरोना भाइरस संक्रमण पर्साका १३ सहित थप १७ जनामा पुष्टि भएको छ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएकाे पिसीआर परिक्षणमा पर्सा , बारा र रौतहटका १७ जनामा कोरोना संक्रमण देखिएको छ।

संक्रमण पुष्टि हुनेमा १९ वर्षदेखि ६५ वर्ष उमेर समुहका रहेकाे नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेशकुमार चौरसियाले जानकारी दिए।

थपिएका संक्रमितमध्ये पर्साका १३ जना , बाराका ३ जना र रौतहटका १ जना रहेका छन्।

थपिएका सबै संक्रमित पुरूष रहेका हुन्। पर्साका १७ जना संक्रमितमध्ये कालिकामाई गाउँपालिका वडा नम्बर ५ र ३ मा एक/एक जना र बिन्दबासिनी गाउँपालिका वडा नम्बर ४ मा दुई जना संक्रमण पुष्टि भएकाे छ भने जगरनाथपूर गाउँपालिका वडा नम्बर ४ मा र बहुदरमाई नगरपालिका वडा नम्बर २ मा एक /एक जना थपिएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ मा ४ जना, वडा नम्बर १६ र २५ मा एक/एक जना संक्रमित थपिएका छन् । वीरगन्जस्थित नारायणी वयोदा अस्पतालमापनि एक जनामा संक्रमण देखिएको छ।

यस्तै बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर २३ का एक जना, पर्सौनी गाउँपालिका वडा नम्बर ४ का एक जना र पथलैयाका एक जना संक्रमण पुष्टि भएकाे छ।प्रयोगशालामा शनिबार राति कुल १ सय ९२ जनाको स्वाब परीक्षण गरिएकाेमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय