देवदहमा आँखा अस्पताल सञ्चालन हुने

लायन्स क्लव अफ देवदहद्धारा देवदह ५ बैकुण्ठनगरमा लायन्स आँखा अस्पताल सञ्चालन हुने भएको छ । आयन्स क्लब अफ देवदहको पहलमा आँखा अस्पताल सञ्चालनमा आउने भएको हो ।

आँखा अस्पताल सञ्चालनका लागि नेपाल नेत्र ज्योति संघ लुम्बिनी, नेत्र विज्ञान अध्ययन संस्थान, लायन्स क्लव अफ बुटवल, बुटवल लायन्स आँखा अस्पताल र लायन्स क्लव अफ देवदह बिच सम्झौता भएको छ ।

सम्झौता पत्रमा बुटवल लायन्स आँखा अस्पतालको तर्फबाट अस्पताल व्यवस्थापन समिति अध्यक्ष रामेश्वर श्रेष्ठ र लायन्स क्लव अफ देवदहको तर्फबाट क्लवका चार्टर अध्यक्ष विष्णु प्रसाद पौडेलद्धारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

लायन्स क्लव अफ देवदहको पहलमा देवदह ५, खैरेनी स्थित बैकुण्ठनगरमा देवदह नगरपालिकाले ७ कठ्ठा जग्गा उपलब्ध गराएको थियो । उक्त जग्गामा सांसद विकास कोष, देवदह नगरपालिका तथा विभन्न व्यक्ति संघ संस्थाका साथै स्थानियको सहयोगमा ४ कोठो भवन निर्माण सम्पन्न भइसकेको लायन्स क्लब अफ देवदहका अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

लायन वर्ष २०१९÷२० को वैशाखमा औपचारिक उद्घाटन गरि सेवा प्रारम्भ गर्ने लक्ष्य राखिएकोमा कोभिड १९ को महामारीले गर्दा ढिला भएको उनले बताए ।

निकट भविष्यमा लायन्स अस्पताल निर्माण गरि देवदह, नवलपरासी, पाल्पा लगायतको सर्वसाधारणलाई सेवा उपलब्ध गराउने बताएको छ । लायन्स क्लव इन्टरनेशनलबाट एक करोड बराबरको आवश्यक उपकरणको लागि प्रपोजल समेत पेश गरिएको क्लबले जनाएको छ ।

कार्यक्रमा लायन्स क्लव अफ देवदहको तर्फबाट अध्यक्ष ला. राम बहादुर गुरुगं, प्रथम उपाध्यक्ष ला. बिनोद थापा मगर, द्धितिय उपाध्यक्ष ला. विष्णु प्रसाद ज्ञावली, कोषाध्यक्ष ला. सुनिल जि.सी. तथा लायन्स आँखा अस्पतालको तर्फबाट लायन्स क्लव डिस्ट्रिक्ट कोअर्डिनेटर ला. अर्जुनमान सैजु, लायन्स क्लव अफ बुटवलका अध्यक्ष ला. सञ्जय जैसवाल, मेडिकल डाइरेक्टर डा. उपेन्द्र देव भारी लगायतको उपस्थिती रहेको थियो ।

लायन्स क्लव अफ देवदहले यस क्षेत्रमा स्थापना काल देखिनै विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय