काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा संक्रमण पुष्टि भएको हो।

उपत्यकामा कोराना संक्रमितको संख्या २० हजार ६९८ पुगेको छ।

शनिबार देशभर कोरोना संक्रमणबाट १ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ७१ हजार ८ सय २१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

शनिबार देशभर १८ हजार ३ सय ४१ संक्रिय संक्रमित र होम आइसोलेसनमा १० हजार ५ सय ८ जना रहेका छन्।

आज ६ हजार ३ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन्।

गत २४ घन्टामा १ सय १ सय ४७ जना कोरोना मुक्त भएका छन्।

यो सँगै संक्रमण मुक्त हुने संख्या ५३ हजार १३ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७३.८ प्रतिशत रहेको छ।

शनिबार कोरोना संक्रमणबाट थप ८ जना पुरुषको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय